रुद्राक्ष – नेपाल रुद्राक्ष : Rudraksha in नेपाली (Nepali)

भगवान शिव रुद्राक्ष महिमा – NepalRudraksha.Com

– (In Sanskrit, Hindi, Nepali: रुद्राक्ष ) (In English: Rudraksha // Rudrakshya). For English Go here

रुद्राक्षको नाम लिने बितिकै हामी भगवान शिवलाई सम्झने गर्दछौ र यो सत्य पनि हो किनकि रुद्राक्ष को नाममा भगवान शिव को नाम जोडिएको छ। रुद्राक्ष भगवान शिव को प्रतिक हो जुन हामीले विभिन्न धार्मिक शास्त्रहरुमा पाउन सक्दछौ । संस्कृत वा नेपालीमा रुद्राक्ष दुइ अक्षरबाट बनेको छ जुन रुद्र + आक्ष रहेको छ । रुद्र को अर्थ भगवान शिव को हजारौ नाम मध्ये एक हो भने आक्ष को अर्थ आखा। रुद्राक्ष भगवान शिवको आखा (भगवान शिवलाई मन पर्ने) भन्ने बुजीन्छ भने, शास्त्रहरुमा चाही रुद्राक्षको उत्पति भगवान शिवको आखाको अश्रुबिन्दुबाट भएको पौराणिक कथा पनि हामी पढ्न पाहुनछौ जुन विभिन्न पुराणको रुद्राक्ष महिमा र कथा तल बिस्तृत मा दियिएको छ।

रुद्राक्ष नेपालको संखुवासभा, दिङ्गला, भोजपुर, सिन्धुपालचोक, काभ्रेपलानचोक, काठमाडौँ आदी जिल्लाहरुमा पाहिन्छ। शास्त्रमा जब रुद्राक्ष को रुख बंगाल मा उत्पन्न भयो मानीसहरुले काशी, अयोध्या आदी पबित्र नगरी मा रोप्न थालेको भन्ने पाउदछौ। नेपालमा रुद्राक्ष पौराणिककाल देखि रही आएपनि रुद्राक्षको व्यापक खेति, उत्पादन, प्रचार दिङ्गला भोजपुरको सदानन्द महाराज बाबाले गर्नुभएको हो जुन अहिले धेरै बिकसित भइसकेको छ। बिश्वमा अहिले भगवान पशुपतिनाथ (भगवान शिव र माता पार्वती) को प्यारो देश नेपालको रुद्राक्ष भन्ने बितिकै सबैजना खुसि हुने गर्दछन् किनकि धार्मिक दृष्टिकोणले मात्र नभई नेपालको रुद्राक्ष गुणस्तरीय पनि हुने गर्दछ जस्तै कि स्पष्ट मुख(मुखी), राम्रो दाना इत्यादी रहेको छ। नेपाल को रुद्राक्ष सबैजना शिवभक्त, साधुसन्त, महात्मा, तपस्वीको नजरमा परेको छ। हिमालय र गुफा कन्दरामा तपस्या गर्ने तपस्वीहरुले नेपालकै रुद्राक्ष धारण गर्नुहुदछ।

रुद्राक्ष उत्पति कथा


हामीले रुद्राक्ष को उत्पति कथा विभिन्न पुराण शास्त्रहरुमा पाउन सक्दछौ जो यस प्रकार रहेको छ.

१) शिव पुराण – एकदिन माता पार्वती भगवान शिवलाई आज्ञा गर्नु हुन्छ भगवान रुद्राक्षको उत्पति कसरी भयो?, रुद्राक्ष कति प्रकार को हुन्छ?
-भगवान शिव भन्नुहुन्छ हे देवी सुन म तिमिलाई रुद्राक्ष को उत्पति को कथा बिस्तृत ले बताउदछु।
जब म एक हजार वर्ष भन्दा बढी धैर्यसाथ तपस्या गरिरहेको थीए एकदिन मेरो ध्यान एकाएक बिचलित भयो। हे पार्वती सुन म यो संसार को सबैको हितेशी र स्वतन्त्र देवता हु । संसार, मनुष्य र देवी देवताहरुको भलो को निम्ति मैले मेरो आखा खोले। आखा खोल्नासाथ मेरो आखा बाट केहि थोपा जल धारा (अश्रु बिन्दु) पृथ्वी मा झर्यो। येही जल(आशु) को थोपाबाट पबित्र रुद्राक्ष को रुख उत्पन्न भयो। जब रुद्राक्षको रुख मा रुद्राक्ष उत्पति भयो मैले स्वोयमले रुद्राक्षको दाना धारण गरे र बाकी रहेको रुद्राक्ष विष्णु गण, देवीदेवताहरु लाई बाडे। रुद्राक्ष विभिन्न प्रकारको हुन्छ जुन 1 देखि १४ मुखी सम्म रेखेको छ। सेतो बर्ण ब्राह्मण, छेत्रिय रातो , वैश्य पहेलो, कालो शुद्र वर्णले धारण गर्नु पर्छ।

2) देवी भागवत पुराण – भगवान शिव भगवान कार्तिकेयलाई रुद्राक्ष को उत्पति कथा भन्नु हुन्छ।प्यारो पुत्र कार्तिकेय सुन म तिमीलाई रुद्राक्ष को महिमा र उत्पति कथा बिस्तृतरुपले भन्दछु। कुनै समय एउटा त्रिपुर नामक दानव थियो। त्रिपुरको अर्को नाम त्रिपुरासुर हो। त्रिपुर एकदमै बलशाली थियो। त्रिपुरासुर ऋषि मुनिहरु,देवताहरुलाई ज्यादै दुख दिने गर्दथ्यो। भगवानहरु पनि त्रिपुर संग डराउदथे। एकदिन सबै देवताहरु विष्णु,इन्द्र, ब्रह्म अतिकस्ट पाएर सहन नसकी मेरो शरणमा आए र त्रिपुरबाट छुटकारा पाउनको निम्ति मलाई प्राथना गर्न थाले। मैले मेरो आखा बन्द गरेर त्रिपुरलाई सोच्न थाले। मेरो एउटा हतियारको नाम अघोर हो र अघोर सबै देवताहरुको प्रतिक हो। येस्मा दुष्ट को नाश गर्ने र राम्रो को रक्षा गर्ने समर्थ्ये छ। यो हतियार मा भगभग आगो को ज्वाला बलि रहन्छ। मैले त्रिपुरको नाश गर्न र देवताहरुको रक्षा गर्न यहि अघोर नामक हतियार को स्मरण गरे। धेरै बेर स्मरण गरेपछि आखा खोल्दा मेरो आखा बाट केहि जल (आशु) पृथ्वी मा झर्यो। येही जलबाट पबित्र रुद्राक्षको रुख उत्पति भयो। मेरो कृपाले विभिन्न प्रकारको रुद्राक्ष रुख मा फल्ने गर्दछ।

रुद्राक्ष प्रकार

– विभिन्न प्रकार को रुद्राक्ष रुद्राक्षको रुख मा फल्ने गर्दछ। रुद्राक्ष को प्रकार लाई विभिन्न मुखी (मुख// मुखे) भनिन्छ। जो पहिचान सहित तल दियिएको छ। भगवान शिव भन्नुहुन्छ हामीले किराले नखाएको, राम्रो रुद्राक्ष प्रयोग गर्नु पर्दछ।


) एक मुखे – एक मुखी रुद्राक्ष भगवान शिव को प्रतिक हो। सबै प्रकारको रुद्राक्ष गोलो भए पनि एक मुखी रुद्राक्ष अर्धचन्द्रमा (काजु) आकार को मात्र पाहिन्छ। नेपाल को गोलो एक मुखी एकदमै दुर्लभ मानिन्छ र आफ्नो नाम अनुसार धेरै बिरलै पाहिन्छ। गोलो एकमुखी पशुपतिनाथमा रहेको छ जुन बालाचतुर्दशी पर्व को एकदिन अगाडी नागमणि, पारशमणि को साथ भक्तजनहरुलाई दर्शन गराइन्छ। एक मुखी रुद्राक्ष को धेरै कथा किबदन्ति रही आएको छ। एक मुखी रुद्राक्षमा एकधार (english:लाइन) हुने भएकोले एक मुखी रुद्राक्ष भनिएको हो। भगवान शिव (शंकर) लाई परब्रह्मा पनि भनिन्छ र जसले एक मुखी धारण गर्दछ उ परब्रह्मा मा बिलिन हुन पुग्दछ। एक मुखी रुद्राक्ष कलेक्शनको लागि यहा जानुहोस्.

) दुई मुखे – दुई मुखी रुद्राक्ष अर्धनारेश्वर (आदी शिव र आदी माता पार्वती) को प्रतिक हो। दुई मुखी रुद्राक्षमा दुइ धार (eng:लाइन) हुने भएको ले दुइ मुखी रुद्राक्ष भनिएको हो। नेपालको दुई मुखी रुद्राक्ष थोरै दुर्लभ भएपनि भेटिन्छ र खरिद को लागि पशुपतिनाथ मा स्थित हाम्रो पसल मा आउन सक्नुहुन्छ. दुई मुखी रुद्राक्ष धारण गर्नाले शिव पार्वती को जस्तो जोडी हुने, परिवार मा हासी खुसि हुने, अबिबाहित ले राम्रो जोडी पाउदछ भन्ने विश्वास रही आएको छ। दुई मुखी रुद्राक्ष धारण गर्नाले अर्धनारीस्वर भगवान प्रसन्न हुनुहुन्छ। दुई मुखी रुद्राक्ष कलेक्शनको लागि यहा जानुहोस्.

) तीन मुखे – तीन मुखी रुद्राक्ष भगवान अग्नी को प्रतिक हो। तीन मुखी रुद्राक्ष मा तीन धार (eng:लाइन) हुने भएकोले तीन मुखी रुद्राक्ष भनिएको हो। विद्वानहरु तीन मुखी लाई ब्रह्म विष्णु महेश को प्रतिक पनि मान्नु हुन्छ। नेपाल को तीन मुखी रुद्राक्ष सजिलै प्राप्त गर्न सकिन्छ र खरिद को लागि पशुपतिनाथ मा स्थित हाम्रो पसल मा आउन सक्नुहुन्छ. तीन मुखी रुद्राक्ष कलेक्शनको लागि यहा जानुहोस्.

) चार मुखे – चार मुखी रुद्राक्ष भगवान सृष्टिकर्ता ब्रह्माको प्रतिक हो। चार मुखी रुद्राक्ष मा चार धार (eng:लाइन) हुने भएकोले चार मुखी रुद्राक्ष भनिएको हो। चार मुखी रुद्राक्षले ब्रह्महत्या जस्तो पाप पनि नाश गर्दछ। चार मुखी रुद्राक्ष सजिलै प्राप्त गर्न सकिन्छ र खरिद को लागि पशुपतिनाथ मा स्थित हाम्रो पसलमा आउन सक्नुहुन्छ। चार मुखी रुद्राक्ष कलेक्शनको लागि यहा जानुहोस्.

) पांच मुखे – पाँच मुखी रुद्राक्ष भगवान कलाग्नी रुद्र (शिव) को प्रतिक हो जसले काल लाई पनि नाश गर्न सक्नु हुन्छ। पाँच मुखी रुद्राक्ष मा पाँच धार (eng:लाइन) हुने भएकोले पाँच मुखी रुद्राक्ष भनिएको हो। रुद्राक्षको प्रकारहरुमा धेरै पाइने पनि पांच मुखी रुद्राक्ष हो तेसैले यो माला बनौन पनि प्रयोग हुन्छ र सबैले लाएको पनि देख्न सक्छौ। पाँच मुखी रुद्राक्ष सजिलै प्राप्त गर्न सकिन्छ र खरिदको लागि पशुपतिनाथ मा स्थित हाम्रो पसलमा आउन सक्नुहुन्छ। पाँच मुखी रुद्राक्ष कलेक्शनको लागि यहा जानुहोस्.

) छ मुखे – छ मुखी रुद्राक्ष भगवान कुमार कार्तिकेय (षडानन्द) को प्रतिक हो। भगवान कृष्ण गीतामा भन्नुहुन्छ सेनापतिहरुमा म कुमार कार्तिकेय (स्कन्द) हु। छ मुखी रुद्राक्ष धारण गर्नाले बल,बुद्धि प्राप्त हुन्छ। विद्वानहरु छ मुखी रुद्राक्षलाई गणेशजीको प्रतिक पनि मान्नु हुन्छ तेसैले यो रुद्राक्ष मा पुरै शिव परिवार को बास रहेको विस्वास गर्न सकिन्छ। छ मुखी रुद्राक्षमा छ धार (eng:लाइन) हुने भएकोले छ मुखी रुद्राक्ष भनिएको हो। छ मुखी रुद्राक्ष सजिलै प्राप्त गर्न सकिन्छ र खरिदको लागि पशुपतिनाथमा स्थित हाम्रो पसलमा आउन सक्नुहुन्छ। मुखी रुद्राक्ष कलेक्शनको लागि यहा जानुहोस्.

) सात मुखे – सात मुखी रुद्राक्ष सप्त मात्रिका माता को प्रतिक हो (कौमारी,इन्द्रायेणी,ब्रह्मयेणी, रुद्राणी,चामुन्ड़े,वाराही, महेश्वरी)। सात मुखी रुद्राक्षमा सात धार (eng:लाइन) हुने भएकोले सात मुखी रुद्राक्ष भनिएको हो। सात मुखी रुद्राक्ष सजिलै प्राप्त गर्न सकिन्छ र खरिदको लागि पशुपतिनाथमा स्थित हाम्रो पसल मा आउन सक्नुहुन्छ। सात मुखी रुद्राक्ष कलेक्शनको लागि यहा जानुहोस्.

) आठ मुखे – आठ मुखी रुद्राक्ष भगवान बिग्न हर्ता शिव पार्वती नन्दन भगवान गणेशजी को प्रतिक हो साथ साथै अस्ट मुख भैरव, भगवान यम को पनि प्रतिक मानिन्छ। आठ मुखी रुद्राक्ष मा आठ धार (eng:लाइन) हुने भएकोले आठ मुखी रुद्राक्ष भनिएको हो। आठ मुखी रुद्राक्ष सजिलै प्राप्त गर्न सकिन्छ र खरिद को लागि पशुपतिनाथमा स्थित हाम्रो पसल मा आउन सक्नु हुन्छ. आठ मुखी रुद्राक्ष कलेक्शनको लागि यहा जानुहोस्.

) नौ मुखे – नौ मुखी रुद्राक्ष नौ रुप लिने वाला माता को प्रतिक हो (नव दुर्गा माता वा माता पार्वती को नौ अवतार)। कालरात्रि (काली) , सैलपुत्री(हिमालय कि पुत्री), ब्रह्मचारिणी (ब्रह्म को मार्ग मा चल्ने), चन्द्रघण्टा, कुसमाण्डा,कात्यायनी, महागौरी, सिद्धिधात्री(सिद्धि प्रदान गर्ने), स्कन्द माता (कुमार कार्तिकेय को आमा)। नौ मुखी रुद्राक्ष मा नौ धार (eng:लाइन) हुने भएकोले नौ मुखी रुद्राक्ष भनिएको हो। नौ मुखी रुद्राक्ष सजिलै प्राप्त गर्न सकिन्छ र खरिद को लागि पशुपतिनाथमा स्थित हाम्रो पसलमा आउन सक्नुहुन्छ। नौ मुखी रुद्राक्ष कलेक्शनको लागि यहा जानुहोस्.

१०) दश मुखे – दश मुखी रुद्राक्ष भगवान विष्णु(जनार्दन) को प्रतिक हो। भनिन्छ जहाँ विष्णु भगवान हुनुहुन्छ तेहा लक्ष्मी माता सदैव उपस्तित हुनुहुन्छ। दश मुखी रुद्राक्ष लाई दश अवतार रुद्राक्ष र लक्ष्मी नारायण रुद्राक्ष पनि भनिन्छ। भगवान विष्णु को दश अवतार को नाम (मत्य, कुर्म, वराह, राम, कृष्ण ,बुद्ध,परशुराम, नरसिंह, वामन, कल्की हो)। दश मुखी रुद्राक्ष मा दश धार (eng:लाइन) हुने भएकोले दश मुखी रुद्राक्ष भनिएको हो। दश मुखी रुद्राक्ष सजिलै प्राप्त गर्न सकिन्छ र खरिदको लागि पशुपतिनाथमा स्थित हाम्रो पसल मा आउन सक्नुहुन्छ। दश मुखी रुद्राक्ष कलेक्शनको लागि यहा जानुहोस्.

११) एघार मुखे – एघार मुखी रुद्राक्ष भगवान एकादश रूद्र(भगवान शिव को एघार अवतार) को प्रतिक हो। भगवान हनुमानलाई पनि शिव स्वरुप र एकादश रूद्रमध्ये एक मानिन्छ। एकादश रूद्र को नाम अहिर्बुर्धन्य, शम्भु, कपाली, चनडअ , अजपाद , विलोहित, पिंगल, विरुपाक्ष, पिनाकी, अपराजित,त्रयम्बक हो। एघारमुखी रुद्राक्ष मा एघार धार (eng:लाइन) हुने भएकोले एघार मुखी रुद्राक्ष भनिएको हो। एघार मुखी रुद्राक्ष सजिलै प्राप्त गर्न सकिन्छ र खरिदको लागि पशुपतिनाथमा स्थित हाम्रो पसल मा आउन सक्नुहुन्छ। एघार मुखी रुद्राक्ष कलेक्शनको लागि यहा जानुहोस्.

१२) बाह्र मुखे – बाह्र मुखी रुद्राक्ष भगवान सुर्यको प्रतिक हो। जसले बाह्र मुखी धारण गर्दछ उसको सिर मा बाह्र // बारह आदित्य को सदैव बास हुन्छ। भगवान कृष्ण गीता मा भन्नुहुन्छ आदित्यहरुमा वा अदिति को छोरामा म विष्णु हु। विष्णु भगवान लाई नारायण पनि भनिन्छ र जसले बाह्र मुखी रुद्राक्ष धारण गर्दछ उसलाई सुर्य नारायण को कृपा हुन्छ। सुर्य भगवान को अर्को नाम आदित्य हो।बाह्र मुखी रुद्राक्ष मा बाह्र धार (eng:लाइन) हुने भएकोले बाह्र मुखी रुद्राक्ष भनिएको हो। बाह्र मुखी रुद्राक्ष सजिलै प्राप्त गर्न सकिन्छ र खरिद को लागि पशुपतिनाथ मा स्थित हाम्रो पसल मा आउन सक्नुहुन्छ। बाह्र मुखी रुद्राक्ष कलेक्शनको लागि यहा जानुहोस्.

१३) तेह्र मुखे – तेह्र मुखी रुद्राक्ष भगवान कामदेव, कुमार कार्तिक, इन्द्रको प्रतिक हो र सबै रुद्राक्ष को मूल देवता भगवान शिव को पनि यो रुद्राक्षमा कृपा हुन्छ। भगवान कृष्ण गीतामा भन्नुहुन्छ शास्त्र विधि ले सन्तान उत्पति गर्नेहरुमा म कामदेव हु। यो रुद्राक्ष सन्तान प्राप्ति को लागि पनि सुखद हो। तेह्र मुखी रुद्राक्ष मा तेह्रधार (eng:लाइन) हुने भएकोले तेरह मुखी रुद्राक्ष भनिएको हो। तेह्र मुखी रुद्राक्ष सजिलै प्राप्त गर्न सकिन्छ र खरिद को लागि पशुपतिनाथमा स्थित हाम्रो पसलमा आउन सक्नुहुन्छ। तेह्रमुखी रुद्राक्ष कलेक्शनको लागि यहा जानुहोस्.

१४) चौध मुखे – चौध मुखी रुद्राक्ष भगवान शिवपार्वती, पंचमुखी हनुमान, भगवान इन्द्रको प्रतिक हो। चौध मुखी रुद्राक्ष भगवान शिवले पहिरिनु भएको हो भनि पनि बिश्वास गरिन्छ। शास्त्रमा भनिएको छ चौध मुखी रुद्राक्ष भगवान रूद्र(शिव) को आखाबाट उत्पति भएको हो। यो रुद्राक्ष भगवान शिवलाई अतिनै प्यारो छ र शिव भक्तहरु यो रुद्राक्ष पहिर्रिन लाई धेरै माग गर्छन। यो रुद्राक्ष को माग अरु रुद्राक्ष को भन्दा धेरै छ। हाम्रो शास्त्र मा चौध मुखी रुद्राक्ष सम्म महिमा पाहीन्छ र अहिले रुख मा एकाइश मुखी सम्म पाउन सक्दछौ र सबैको उतिकै महत्व छ र यो पनि बिश्वास गरिन्छ कि चौध मुखी रुद्राक्ष लायो भने एक देखि चौध मुखी रुद्राक्ष सम्म को फल पाहिन्छ। भगवान शिव भन्नुहुन्छ येदि कसैले चौदह मुखी रुद्राक्ष पायो भने सिर मा धारण गर्नु पर्छ। चौदह मुखी रुद्राक्ष स्वोयम मेरो प्रतिक हो । चौध मुखी रुद्राक्ष मा चौध धार (eng:लाइन) हुने भएकोले चौदह मुखी रुद्राक्ष भनिएको हो। चौध मुखी रुद्राक्ष सजिलै प्राप्त गर्न सकिन्छ र खरिद को लागि पशुपतिनाथमा स्थित हाम्रो पसलमा आउन सक्नुहुन्छ। चौध मुखी रुद्राक्ष कलेक्शनको लागि यहा जानुहोस्.

अद्वितीय रुद्राक्ष

) गौरी शंकर रुद्राक्ष र गर्भ गौरी रुद्राक्ष – यो रुद्राक्ष अरु रुद्राक्ष भन्दा अलि ठुलो हुन्छ किनकि यो रुद्राक्ष प्राकृतिक रुपले दुई रुद्राक्ष एक आपस मा जोडेर एक बनेको हुन्छ। अंग्रेजीमा यो रुद्राक्ष लाई (twin rudraksha) पनि भनिन्छ। गौरीशंकर रुद्राक्षको दुई भाग मध्ये दाहिने भाग लाई भगवान शिव (शंकर) भनिन्छ भने देव्रे वा बाम भाग लाई पार्वती माता (गौरी) को प्रतिक मानिन्छ । तेसैले यो रुद्राक्ष लाई गौरीशंकर रुद्राक्ष भनिएको हो। केहि गरि दुई रुद्राक्ष बराबरी छ भने गौरी शंकर रुद्राक्ष भनिन्छ भने एक सानो र एक ठुलो छ भने गर्भ गौरी रुद्राक्ष भनिन्छ (गणेश र पार्वती माता) जुन रुद्राक्ष सन्तान प्राप्ति लाई सुखद मानिन्छ र सबै रुद्राक्ष को मूल देवता भगवान शिव को पनि कृपा हुन्छ। गौरी शंकर रुद्राक्ष कलेक्शन को लागि येहा जानु होस्.

) गणेश रुद्राक्ष – यो रुद्राक्षमा प्राकृतिक रुपले भगवान गणेश जी को जस्तो सुड आएको हुन्छ यसैले यो रुद्राक्ष लाई गणेश रुद्राक्ष भनिएको हो। तेसै गरि शास्त्र अनुसार आठ मुखी रुद्राक्ष लाई पनि गणेशजी को प्रतिक मानिन्छ। यो रुद्राक्ष सजिलै प्राप्त गर्न सकिन्छ। गणेश रुद्राक्ष कलेक्शन को लागि येहा जानु होस्.

रुद्राक्ष महत्व (ॐ नमः शिवाय)


१) रुद्राक्ष भगवान पशुपति शिव शंकरको प्यारो आभूषण हो।
२) रुद्राक्ष धारण गर्ना ले मन शान्त गर्न मदत गर्दछ।
३) रुद्राक्ष धारण गर्ना ले मानसिक तनाब कम हुन्छ।
४) रुद्राक्ष पुजा गर्ना ले सबै प्रकार को दुख बाट मुक्ति पाहीन्छ।
५) रुद्राक्ष धारण कर्ता लाई देखेर भगवानहरु ले पनि सम्मान दिनुहुन्छ।
६) रुद्राक्ष संग विभिन्न प्रकार को दिव्य शक्ति रहेको छ।
७) रुद्राक्ष एउटा एस्तो आभूषण जो जुन कैले नाश हुदैन।
८) रुद्राक्ष ले शारीरिक दुख को समन गर्दछ।
९) रुद्राक्ष दुवै आनन्द र मोक्ष प्राप्ति को लागि लाभकारी छ।
१०) रुद्राक्ष माला धारी लाई देखेर नराम्रो छाया, भुत,प्रेत,पीसाच सबै टाडा भागछन।
११) कसैको तन्त्र,मन्त्र, नराम्रो प्रभाव रुद्राक्षधारी लाई लागु हुदैन।
१२) रुद्राक्ष एस्तो महाप्रसाद हो जसले गृहस्ति(विवाहित), साधु सन्यासी, ऋषि मुनि, देवी देवता,यक्ष र सबै धर्मको मानिसहरुलाई मोक्ष प्राप्त गराऊदछ।
१३) रुद्राक्षले कुण्डलिनी चक्र जागृत गर्न मद्दत गर्दछ।
१४) रुद्राक्षले सबै प्रकार को पाप नाश गर्दछ।
१५) विश्वमा सबैभन्दा सर्वोकृष्ट रुद्राक्ष नेपाल को मानिन्छ।

Thank You For Visiting NepalRudraksha.Com

Nepalrudraksha.com

Nepalrudraksha.com provides handpicked Rudraksha from trees, Natural Shaligram, and all kinds of Spiritual Items. All Rudraksha, Shaligram we have is of from our own farms as well as we purchase from trusted People. We Offer Online and instore shopping for all kinds of Spiritual Items.